भक्तपुरमा ४ बसहरुमाथि तोडफोड

काठमाण्डौँ । चैत्र -५, अरनिको राजमार्ग अन्तर्गत काठमाडौं-बनेपामा भर्खर सेवा दिन थालेको मयूर यातायातको ४ वटा बसमाथि तोडफोड भएको छ । सोमबार भक्तपुरको जगातीमा ती बसहरु माथि तोडफोड भएको हो । ४ दिन अगाडिबाट सुविधा सम्पन्न बसहरु त्यस सडकखण्डमा शुरु गरेको मयूर यातायातका बसहरुलाई लुकेर बसेका अज्ञात समूहले तोडफोड गरेको हो ।
सिन्डिकेट तोड्दै सञ्चालनमा ती बसहरु ल्याइदा स्थानिय ब्यवसायीहरुले विरोध गरेका थिए । वाइफाई लगायतको सुविधासहित नयाँ बसहरु सञ्चालन गर्दा प्रभावित अन्य व्यवसायीहरुले त्यो आक्रमण गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।