कर्णाली प्रदेशका मन्त्रालयहरुमा फेसबुक बर्जित

सहयात्रा टिभी

सुर्खेत । चैत्र -११, कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक बर्जित गर्ने भएको छ । कार्यलय समयमा कर्मचारी फेसबुकमा भुलिँदा जनसेवामा असर पर्ने भएको भन्दै कर्णालीको प्रदेश सरकारले अफिस समयमा फेसवुक प्रतिवन्ध लगाउने भएको हो । यस अन्तर्गत पहिलो चरणमा देश सरकारका सबै मन्त्रालयमा फेसवुक बन्द गराइने र विस्तारै यहि नियम प्रदेशका सम्पुर्ण सरकारी कार्यलयमा विस्तार गरिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । सरकारी सेवालाई चुस्त बनाउन गरिएको यस्तो निर्णयलाई सार्थक बनाउन प्रदेश सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरु सँग पनि छलफल अगाडी बढाएको छ । त्यहाँका मुख्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमा नेपाल टेलिकम, वल्र्ड लिङ्क, सुविसु, टेक माइण्ड्स र सुर्खेत केवल नेट रहेका छन् ।
अहिले क्षेत्रीय तथा जिल्ला कार्यालयहरू प्रदेश सरकार मातहत आइनसकेको हुनाले यो नियम मन्त्रालयहरूका कार्यलयमा मात्र लागुहुने बताइएको छ ।

प्रकाशित : 25 March, 2018

प्रतिक्रिया दिनुहोस्