केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फर्पिङमा बस दुर्घटना २ को मृत्यु, २२ घाइते

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र १५, दक्षिणकालीबाट काठमाण्डौँ आउँदै गरेको बस फर्पिङ्मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। फर्पिङ्भञ्ज्याङमा भएको दुर्घटनामा २ जनाको मृत्यु तथा २२ जना घाइते भएका हुन ।

रत्नपार्क तर्फ आउँदै गरेका बा १ ख ९९९९ नम्बरको बस दुर्घटनामा पर्दा दक्षिणकाली नगरपालिका ५ का ४२ वर्षीय मञ्जु बस्नेत र सोही नगरपालिका ३ वस्ने २५ वर्षीय सुनील श्रेष्ठको मृत्यु भएको हो । घाइतेहरुको उपचार १४ जनाको मनमोहन अस्पताल फर्पिङ तथा अन्यको बयोधा अस्पताल र अन्य अस्पतालहरुमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण खुलिसकेको छैन ।

प्रकाशित : 29 March, 2018

प्रतिक्रिया दिनुहोस्