डा. सन्दुक रुइत पदमश्री पुरस्कारबाट पुरस्कृत

सहयात्रा टिभी

काठमाण्डौं । चैत्र–२०, नेपाली चर्चित आँखारोग विशेषज्ञ डा सन्दुक रुइतले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट पदमश्री पदक पाएका छन् । पूर्व घोषणाअनुरुप भारतीय राष्ट्रपति राम नाथ कोविदले उनलार्इ भारतकै प्रतिष्ठित नागरिक सम्मान पद्मश्री प्रदान गरेका हुन्।

सोमबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति कोविन्दले रुइतलाई पदमश्री पदक प्रदान गरेका हुन् । रुइत तिलगंगा आँखा केन्द्रका निर्देशक हुन जसले एक लाखभन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया गरेका छन् । ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रुइत यसअघि सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

प्रकाशित : 3 April, 2018

प्रतिक्रिया दिनुहोस्