पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बृद्धि, प्रतिलिटर २ रुपैयाँ बढ्यो

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र-२०, नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।

सोमबार बसेको निगम सन्चालक समितिको बैठकले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २-२ रुपैयाँका दरले बढाएको हो । भाउ बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

प्रकाशित : 3 April, 2018

प्रतिक्रिया दिनुहोस्