सिण्डिकेट विरुद्ध सरकार कडा, धुलिखेलसम्मको रुट इजाजत खुला

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र २१, सिण्डिकेटको माग गर्दै कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकार कडा रुपमा प्रस्तुत भएको छ ।

 

 

१३ वटा यातायात समितिहरुले बुधबार सवारी रोके पछि सरकारले साझा मेट्रो लगायतका बसहरुलाई स्थायी अस्थाइ रुट परमिट दिने घोषणा गरेको हो । काठमाडौंबाट बनेपासम्म मयुर यातायातले रुट अनुमति पत्र पाएपछि असन्तुष्ट व्यवसायीहरु आन्दोलनमा उत्रिए पछी यातायात व्यवस्था विभागले धुलिखेलसम्म बस चलाउन इच्छुकलाई आज नै रुट परमिट दिने बताएको हो । बुधबारदेखि नै ८ वटा यातायात कम्पनीहरुले अस्थायी रुट लिएर गाडी चलाउन थालेका छन्।

प्रकाशित : 4 April, 2018

प्रतिक्रिया दिनुहोस्