सलमान खानको जमानतका लागि फैसला हुने

चैत्र २३, बलिउड अभिनेता सलमान खानले जमानतका लागि दिएको निवेदनमाथि भारतको जोधपुर अदालतमा सुनुवाइ सकिएको छ।
सन् १९९८ मा कालो हरिणको शिकार गरेको मुद्दामा भारतको जोधपुर अदालतले सुनुवाई गर्दै बलिउड हिरो सलमान खानलाई ५ वर्ष जेल सजाय सुनाइएपछि उनले जामानतका लागि निवेदन दायर गरेका थिए । सलमान खानको निवेदन उपर भोली साढे १० बजे फैसला सुनाउने अदालतले बताएको छ ।