धनगढी प्रिमियर लिग (डिपिएल) मा काठमाण्डौं गोल्डेन्सद्वारा विराटनगर पराजित

सहयात्रा टिभी

काठमाण्डौं। चैत्र -२३, धनगढी प्रिमियर लिग (डिपिएल) मा काठमाण्डौं गोल्डेन्सले विराटनगर लाई ५ विकेटले पराजित गरेको छ । पहिला ब्याटिङ् गरेको विराटनगरले बाबर हयातको उत्कृष्ट ब्याटिङ् सँगै १६४ रन बनाएको थियो । बिराटनगरका लागि अनिलकुमार शाहको १०, दीलिपनाथको ३३, बाबर हयातको ६७, बसन्त रेग्मीको १०, पृथु बास्कोटाको ११ महत्वपुर्ण रहन गयो । काठमाण्डौँबाट ललीत राजबंशीले ३, रासिद खानले २ तथा सुबोध भाटीले १ विकेट लिए ।

१६५ रनको लक्ष लिएर ब्याटिङ्मा उत्रिएको काठमाण्डौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले अभिजित ६८ रन ल्याउदै टिमलाई लक्ष्य तर्फ डोहोर्याएका थिए । यसैगरी काठमाण्डौका लागि सुबोध भाटीको १० रन, भुपेन्द्र थापाको ३६ रन, पुष्प थापाको २४ रन तथा सन्नी पटेलको अभिजित २५ रनको सहायताले काठमाण्डौँ विजयलक्ष्य भेट्टाएको थियो । विराटनगरका बसन्त रेग्मीले २ विकेट तथा परस खड्का, सुभम कमाट र मञ्जित श्रेष्ठले १ १ विकेट हात पारेका हुन् ।

प्रकाशित : 6 April, 2018

प्रतिक्रिया दिनुहोस्