प्रधानमन्त्री ओलीको कार्यशैली प्रति असन्तुष्ट माओबादी नेताहरुले गरे पार्टी अध्यक्ष सँग भेट वार्ता

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र–२६, प्रधानमन्त्री ओलीको कार्यशैली प्रति माओवादी नेताहरुले असन्तुष्टी ब्यक्त गरेका छन् । सोमवार ‘प्रचण्ड’ निवासमा पुगेर माओवादीका मन्त्रीहरूले अध्यक्ष प्रचण्डसँग सचिव सरुवा देखि अन्य कार्यशैली प्रति असन्तुष्टी व्यक्त गरेका हुन । बैठक पछि पार्टी प्रवक्ता पम्फा भुषालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्रीको कार्यशैली प्रति असन्तुष्टि पोखेको बताएकी छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ३० जना सचिवको सरुवा गरेपछि प्रधानमन्त्री ओलीले एकलौटी रूपमा निर्णय गरेको भन्दै माओवादी केन्द्रका मन्त्रीहरू असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रकाशित : 9 April, 2018

प्रतिक्रिया दिनुहोस्