डिपिएल : काठमाडौंलाई १ विकेटले हराउँदै धनगढी फाइनलमा

काठमाण्डौँ । चैत्र २७ धनगढी प्रिमियर लिग (डीपीएल–२) अन्तर्गतको आजको पहिलो खेलमा काठमाण्डौँ गोल्डेन्सलाई लाई एक विकेटले पराजित गर्दै साविक विजेता टिम चौराह धनगढी डीपीएलको फाइनलमा प्रवेश गरेको छ। १२८ रनको लक्ष्य पछ्याएको धनगढिले १ बल बाँकी छदा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
टस हारेर ब्याटिङ् गरेको काठमाण्डौँको लागि कप्तान ज्ञानेन्द्र मल्लले ३८, अमित श्रेष्ठले ३६ र पुष्प थापाले १६ रन योगदान दिए । यता बलिङतर्फ कप्तान सोमपाल कामी र ललित भण्डारीले समान २–२ विकेट लिए ।
धनगढीका लागि रोहन मुस्ताफाले ३३, संकर राणाले २८, सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन बनाए । बलिङ तर्फ बलिङतर्फ, सुन्नी पटेल, शाहब आलम र राशिद खानले समान २–२ विकेट लिए ।