दुबईमा भ्रष्टाचारको मुद्दामा दुई भारतीयलाई ५१७ वर्ष जेल सजाय

सहयात्रा टिभी

दुबई । चैत्र–२८, दुबईको एक अदालतले भ्रष्टाचारको आरोपमा दुई भारतीयलाई जेल सजाय तोकेको छ । करोडौं डलर अनियमितता गरेको आरोपमा न्यायाधीश डा. मोहम्मद हनाफीको इजलासले दुई आरोपीमध्ये एकलाई ५१७ वर्षको सजाय तोकेको हो । आरोपी पति–पत्नी रहेकोमा पत्नीलाई ५१७ वर्षको जेल सजाय तोकिएको हो ।

अन्तराष्ट्रिय एजेन्सीहरुका अनुसार आरोपीहरुले सञ्चालन गरेको विदेशी मुद्रा व्यापार कम्पनी ‘एक्सेन्सियल’ मा हजारौंले निवेश गरेका थिए । आरोपीमा सिडनी लेमोन्स र उनकी पत्नी वलानेसहित कर्मचारीसमेत थिए ।

यो अनियमितताको खुलासा गत वर्ष भएको थियो ।

आरोपीहरुले अदालतको सो फैसलाविरुद्ध पुनरावेदन दिन सक्ने जनाइएको छ ।

 

प्रकाशित : 11 April, 2018

प्रतिक्रिया दिनुहोस्