केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्षमाथि आक्रमण

सहयात्रा टिभी

ओखलढुंगा । चैत्र – २८, ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि आक्रमण भएको छ । रातिसुतेकै ठाउँमा आक्रमण भएको स्थानियबासीले बताएका छन् ।

प्रहरीका अनुसार मंगलबार राति १० बजे अपरिचित समूहबाट अध्यक्ष पौडेलमाथि सुतेकै ठाउँमा आक्रमण भएको हो । घाइते अध्यक्षको मंगलबार राती नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराइएको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिए ।

अध्यक्ष पौडेलले भने, ‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस् अंकल जरुरी काम छ भनेपछि म कोही नागरिक दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्केको थिएँ’ ‘ढोकाबाट बाहिर निस्कनासाथ ममाथि आक्रमण भयो । ’

आक्रमणबाट घाइते गाउँपालिका अध्यक्ष पौडेलको बायाँ घुँडामा ४ टाँका लगाइएको छ भने तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ ।

घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढृंगाले जनाएको छ ।

प्रकाशित : 11 April, 2018

प्रतिक्रिया दिनुहोस्