दिल्लीबाट बसमा अवैधरुपमा ल्याइँदै गरेको १३५ मोवाइल बरामत

काठमाण्डौँ । चैत्र २८, भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बा ५ ख १२३५ नम्बरको बस मा अवैध रुपले मोवाइल ल्याउने क्रममा प्रहरीले प्रहरीले कलंकीबाट नियन्त्रणमा लिएको छ।
प्रहरीले विभिन्न कम्पनीका १३५ महंगा मोवाइलसहित प्रहरीले बसचालक कृष्ण थापामगर र हरिबहादुर श्रेष्ठ तथा सहचालक भुवनबहादुर भुजेललाई पक्राउ गरेको हो । अबैध रुपमा मोबाइल लुकाएर ल्याएको सुचनाका आधारमा प्रहरीले उक्त बसमा जाँच गरेको थियो। उनीहरुले १३० थान मोवाइल ड्राइभरको सिटमाथि फल्स बटम बनाएर सामान लुकाएका थिए ।