सर्वेन्द्र र शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रदान
सहयात्रा टिभी
काठमाण्डौं । चैत्र– २९, नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक आइजिपीहरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा आज बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
उनिहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।