बाल विवाह रोक्न सामूहिक प्रयास

सहयात्रा टिभी


सिन्धुली । चैत्र– २९, सिन्धुलीमा बाल विवाह र अनमेल विवाह रोक्न सामूहिक प्रयास शुरु भएको छ । ग्रामीण क्षेत्रमा बालविवाह र अनमेल विवाह रोक्न नसकेपछि सरोकारवालाहरुले सामूहिक प्रयास सुरु गरेका हुन् । सिन्धुलीको कमलाखोच र मरिण क्षेत्रका तामाङ, माझी तथा दनुवार समुदायमा बाल विवाह तथा अनमेल विवाह हुने गरेपछि विभिन्न राजनीतिक दल र नागरिक महिलाहरुले समाजका अगुवा संगठित रुपमा आवाज उठाउन थालेका हुन् ।

महिलाविरुद्ध हुने घरायसी, यौन तथा दुर्व्यवहारजन्य हिंसाका विरुद्ध महिलाहरु सशक्त रुपमा अघि बढ्न थालेपछि विगतको तुलनामा महिला हिंसामा समेत कमी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : 12 April, 2018

प्रतिक्रिया दिनुहोस्