केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गहुँ चुटेर बजार गएका एक युवक मृत फेला

सहयात्रा टिभी

अछाम । चैत्र –२९, गहुँ चुटेर मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिकाको चित्रेपुल बजारमा हिडेका एक युवक मृत अवस्थामा भेटिएका छन् ।

मंगलसेन नगरपालिका–३ लाक्षीमना निवासी ३४ वर्षीय रुपबहादुर बोगटी मृत अवस्थामा भेटिएका हुन् ।

मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिका विच बुढीगंगा नदीको चित्रे पुल नजिक बगरमा उनलाई मृत अवस्थमा फेला परेको प्रहरीले जनाएको छ । मृतकको टाउकोका विभिन्न भाग र चिउडोमा चोट लागेको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

मृत्यु कसरी भयो भन्नेवारे थप अनुसन्धान भईरहेको डीएसपी न्यौपानेले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याईएको प्रहरी जनाएको छ । मृतकका दुई छोरी, एक छोरा र श्रीमती छन ।

प्रकाशित : 12 April, 2018

प्रतिक्रिया दिनुहोस्