विदेशी खेलाडीहरुको कीर्तिमानसँगै काठमाण्डौँ गोल्डेन्स फाइनलमा

विराटनगर । चैत्र-२९, धनगढी प्रिमियर लिग ९डिपिएल० को आज भएको खेलमा काठमाण्डौँ गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । आजको खेलमा विदेशी खेलाडीद्धय सुबोध भाटी ५२(१८) र सन्नी पटेलले ६ विकेट लिँदै कीर्तिमानी प्रदर्शन गरेपछि रोमाञ्चक भएको खेलमा काठमाण्डौँ गोल्डेन्सले फाइनलको यात्रा तय गरेको हो ।
बलिङमा पटेलले एकै इनिङमा सर्वाधिक बढी विकेट लिने कीर्तिमान र ब्याटिङमा भाटीले सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान कायम राख्न सफल भएका छन् ।
अब उपाधिका लागि काठमाडौंले भोलि धनगढी टिम चौराहासँग प्रतिस्पर्धा गर्नेछ। आज भएको खेलमा महेन्द्रनगरले दिएको १ सय ४३ रनको विजय लक्ष्य काठमाडौंले ५ विकेटको क्षतिमा १८.२ ओभरमा पार गर्यो ।
सुबोध भाटीले १८ बलमा ५२ रन बनाए भने अमित श्रेष्ठले २६ र कप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए भने भुपेन्द्र थापाले १५ रन बनाए भने नरेश बुढाएर ७ र सनी पटेल २ रनमा नटआउट रहे।
बलिङतर्फ महेन्द्रनगरका पुनित मेहराले २ विकेट तथा रोबिन क्षेत्री, भुवन कार्की र पुनित विष्टले १/१ विकेट लिए।
महेन्द्रनगरका ४ खेलाडीले मात्रै रन बनाउन सफल रहे । महेन्द्रनगरका लागि पुनितले ५८ रन, आरिफले ४३, करण केसीले २१ र पुनित विष्टले ७ रन जोडे । बलिङतर्फ कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए तथा पुष्प थापा र सुबोध भाटीले समान १ विकेट लिए।
उपाधिका लागि शुक्रबार काठमाण्डौँ र धनगढी बीच प्रतिस्पर्धा हुदैछ ।