नयाँ बर्षबाट फेसबुक बन्द हुने प्रचार भ्रामक, सञ्चार मन्त्रालयले निकाल्यो विज्ञप्ती
सहयात्रा टिभी
काठमाण्डौँ । चैत्र -३०, नयाँ बर्ष २०७५ बाट फेसबुक पूर्णरुपमा बन्दहुने भनि सामाजिक सञ्जालमा भएको भ्रामक प्रचारप्रति लक्षित गर्दै सुचना तथा सञ्चार मन्त्रालयले विज्ञप्ती जारी गरेको छ ।
फेसबुुक तथा अन्य सामाजिक सञ्जालमा प्रवाह गरिएको गलत सुचना खण्डन गरिएको भनि जारि गरिएको विज्ञप्तीमा साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखेर फेसबुक लगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ बर्ष २०७५ बाट फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख गरी फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट पोष्ट गरेको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको बताइएको छ ।
विज्ञप्तीमा मन्त्रालयले गलत ,भ्रामक सूचनामा विश्वास नगर्न र आआफ्नो सामाजिक सञ्जालबाट त्यस्ता गलत सूचनाहरु पोष्ट गरेको भए हटाउन समेत सबैमा आग्रह गरेको छ ।