कांग्रेस महासमितिको बैठक जेठमा
काठमाडौं, बैशाख २ । कांग्रेस सभापति शेरबहादुर देउवाका् चार वर्षे कार्यकाल २०७६ फागुनमा सकिँदैछ । उनी २०७२ फागुनमा सभापति पदमा निर्वाचित भएका थिए । तर, विधानअनुसार महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिसक्नुपर्ने पदाधिकारी मनोनयनको काम उनले अझै गर्न नसकेका कारण कांग्रेसभित्र देउवा पक्ष कमजोर हुँदै गएको अड्कल गरिन थालिएको छ । उपसभापति पदका लागि उनले आश्वासन दिएका तीन जनामध्ये खुमबहादुर खड्काको हालै निधन भएको छ । अन्य दुई आकांक्षी विमलेन्द्र निधि र गोपालमान श्रेष्ठबीच कुरा मिलेको छ । खड्काको निधनपछि देउवाले नै बोलाएर निधि र श्रेष्ठबीच कुरा मिलाएको स्रोतले बताएको छ । निधिलाई उपसभापति बनाउने र श्रेष्ठलाई अब प्राप्त हुने कुनै महत्वपूर्ण ठाउँ दिने सहमति भएको छ ।
नयाँ संविधान जारी भई मुलुक संघीयतामा गएर सबै तहका निर्वाचन सम्पन्न भइसक्दा पनि कांग्रेसको विधान पुरानै संविधान अनुसारको छ । २ सय ४० निर्वाचन क्षेत्रीय समिति जीवित छन् । सात वटै प्रदेशमा जननिर्वाचत सरकार तथा संसद् क्रियाशील भइसकेका छन, तर कांग्रेसमा अहिलेसम्म प्रदेश कमिटी पनि बनेको छैन ।