केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओली मुगुमा ६ वर्षीया बालिकाको अभिभावक बने

सहयात्रा टिभी


काठमाण्डौं । बैशाख–२,प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले मुगुकी एक बालीकाको अभिभावकत्व ग्रहण गरेका छन । मुगुकी ६ वर्षीया बालिकाको अभिभावक बन्नुभएका ओलिले मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई ओलीले विद्यालय भर्ना गरिदिएका हुन ।

मुगुमा रहेका प्रधानमन्त्रीले शनिबार तामाङलाई बुद्ध मावि मांग्री पुगेर भर्ना गरेका छन। प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गरि एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थी अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपील गर्ने बताएका छन ।

प्रकाशित : 15 April, 2018

प्रतिक्रिया दिनुहोस्