कृष्ण औँसीका दिन आमालाई सम्झिदै
काठमाण्डौं । वैशाख–३, कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई विभिन्न परिकारका मिठा मिठा खान तथा राम्रा कपडा लगाउन दिएरआमालाई खुसि पारि मनाइँदैछ।
यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ। सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति पाउने र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन । सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्धारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमाको मुर्ति पनि स्थापना गरिएको छ। यसले गर्दा मातातीर्थको आकर्षण बडेको छ। छोरा छोरी आज बिहानै उठि नुवाएर आमालाई मिठा मिठा खाने कुरा दिई राम्रा राम्रा कपडा लगाउन दिई आर्शिवाद थाप्ने चलन छ ।यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ।आमा नभएकाहरू पनि आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दान दिने, भोजन गराइ दिवंगत आमालाई सम्झिने गर्दछन ।