एमालेले स्थायी कमिटीको बैठक आज बस्दै

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–३,एमालेले पार्टी स्थायी कमिटीको बैठक आज बोलाएको छ । पार्टी एकता प्रक्रियामा गतिरोध पैदा भइरहेको समय एमालेले स्थायी कमिटी बैठक बोलाएको हो। एकीकृत पार्टीको सांगठनिक संख्याको विषयमा कुरा नमिल्दा एमाले र माओवादीबीच एकता प्रक्रिया अल्झिरहेको छ।


यसैबीच विवाद मिलाउने प्रयासस्वरुप एमाले र माओवादीका अध्यक्षबीच बालुवाटारमा छलफल जारी रहेको हो ।
एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ५ बजेका लागि बैठक बोलाइएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।बैठकमा एमाले माओवादीबीच हुने भनिएको पार्टी एकतामा सामान्य विवाद कसरी हल गर्ने भन्ने विषयमा छलफल गर्ने बुझिएको छ ।

प्रकाशित : 16 April, 2018

प्रतिक्रिया दिनुहोस्