यूनाईटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

सहयात्रा टिभी

काठमाण्डौँ । वैशाख –३, यूनाईटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । भर्खरै सम्पन्न भएको सञ्चालक समितिको बैठकले पूँजीको १० बराबर २४ कित्ता सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० बराबर २४ कित्ता सेयर निष्कासन गरी पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको हो । हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद शेयर बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्राको सेयरको बिक्री खुला हुनेछ ।

प्रकाशित : 16 April, 2018

प्रतिक्रिया दिनुहोस्