केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गाँजासहित काठमाडौंको चन्द्रागिरीमा दुई युवक प्रक्राउ

सहयात्रा टिभी

 


काठमाण्डौं । बैशाख –३,काठमाण्डौ चन्द्रगिरीमा एक सय ६० केजी अवैध लागू औषध गाँजासहित २ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले सोमबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरी १ सय ६० गाँजासहित मकवानपुरकौ २२ वर्षीय सोमबहादुर थोकर र सोही जिल्लाका ३६ वर्षीय इमानसिंह स्याङबोलाई पक्राउ गरेको हो । उनीहरुको टयांकरमा लुकाईछिपाई सर्लाहीको मलंगवाबाट भारत निकासी गर्ने योजना रहेको थियो ।

विशेष सूचनाको आधारमा व्यूरोको टोलीले शनिवार उनीहरुलाई इन्धन बोक्ने टयांकरमा गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । ना ४ ख ५३६८ नम्बरको इन्धन बोक्ने टयांकर भित्र अगाडि क्याबिनमा ७ वटा प्लाष्टिकका बोरा भित्र १७ वटा पोकाहरुमा प्याक गरिएको गाँजा बरामद गरिएको व्युरो प्रहरीले जनाएको छ ।

प्रकाशित : 16 April, 2018

प्रतिक्रिया दिनुहोस्