आइपीएलमा दिल्लीको तेस्रो हार, कलकत्ता ७१ रनले विजयी

बैशाख–४, इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत हिजो भएको खेलमा कलकत्ता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७१ रनले हराएको छ । २०१ रनको लक्ष्य पछ्याएको पछ्याएको दिल्ली १४.२ ओभरमै अलआउट हुदै १ सय २९ रन मात्र बनाउन सक्यो । उक्त खेलमा पनि नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अवसर पाउन सकेनन् । दिल्लीका लागि गेलेन म्याक्सवेलले ४७ रन, रिसभ पन्तले ४३ रन बनाउन बाहेक अन्यको सम्झनलायक प्रदर्शन रहेन । कोलकाताका लागि कुलदीप यादव र सुनिल नारिनले समान तीन–तीन विकेट लिए ।
उत्कृष्ट ब्याटिङ गरेको कलकत्ताको लागि नितिश रानाले सर्वाधिक ५९ रन, आन्द्रे रसेलले ४१, रभिन उथप्पाले ३५ रन र क्रिसले लेएनले ३१ रनको योगदान दिन सफल रहे ।
यो खेल सँगै देल्ली तेस्रो हारपछि २ अंकको साथ पुछारबाट दोश्रो स्थानमा रहेको छ भने कलकत्ता ४ मध्ये २ खेल जितेको कोलकता ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।