बन्दले गर्दा पुर्वी जिल्लाको जनजीवन प्रभावित

सहयात्रा टिभी

काठमाण्डौ । बैशाख –४, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको बन्दको कारण देशको पुर्वी भागको जनजीवन प्रभावित बनेको छ । आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरी झुटो मुद्दा लगाएको आरोपमा विप्लव माओवादीले आज बन्द आव्हान गरेको थियो ।

बन्दको कारण पुर्वी जिल्लाहरु धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका पहाडी जिल्लामा जनजीवन पुर्ण प्रवावित भएको छ भने झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्लाहरुमा पनि सामान्य प्रभाव परेको छ । अर्को तर्फ आजै पुर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर हरैंचास्थित गछियामा बम फेला स्थानीयमा त्रासको स्थिति सिर्जना भएको थियो ।
विप्लव नेतृत्वको माओवादीले विज्ञप्ति जारी गरी मंगलबार पूर्वका मेची, कोसी, सगरमाथा र जनकपुर अञ्चल बन्दको घोषणा गरेको थियो ।

प्रकाशित : 17 April, 2018

प्रतिक्रिया दिनुहोस्