केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केन्द्रीय नेता देखि उद्योगपति हुँदै गृह प्रशासनसम्म मनोज पुनको सुराकी रहेको खुलासा

सहयात्रा टिभी

काठमाण्डौं । वैशाख – ५, गुन्डा नाइके मनोज पुनको इन्काउन्टरमा प्रहरीद्धारा मारिएको दुइ महिना नबित्दै उनका सहयोगीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

सत्तारुढका केन्द्रिय सदस्य देखि भातृ संगठनका नेता लगायत हालसम्म २३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, युथ फोर्सका पूर्व जिल्ला नेता उत्तम आचार्य त्यसैगरि मदिरा उद्योगी हरि श्रेष्ठ समेत रहेका छन् । पक्राउ परेकाहरुले मनोजलाई जिल्लाका उद्योगी व्यवसायीहरुको सम्पूर्ण विवरणहरु उपलब्ध गराउने गरेको रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले जानकारी दिए । मनोज पुनको जालोमा पक्राउ परेका केहि व्यक्तिहरु राजनीतिक व्यक्ति भए पनि उनीहरुलाई कुनै दलले संरक्षण नदिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 18 April, 2018

प्रतिक्रिया दिनुहोस्