नक्कली सुन बेच्ने दुई पक्राउ, एक फरार

सहयात्रा टिभी

काठमाण्डौं । वैशाख –६, काठमाडौं नागार्जुन नगरपालिकामा सुन भनि नक्कली सुन बेचेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार भएका छन् । प्रहरी परिसरका अनुसार सुन जस्तो देखिने एक केजी धातुलाई सुन भनि विश्वस्त गराई २८ लाख ६० हजार रुपैयाँ ठगी गरी उनीहरु फरार भएका थिए ।

पक्राउ पर्नेमा रामेछाप घर भइ भक्तपुरको सल्लाघारी बस्ने अजय तामाङ र विष्णु मोक्तान छन् भने झापा घर भएका कर्ण लिम्बु भने फरार छन् । महानगरिय प्रहरी वृत्तले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाण्डौंबाट ५ दिन म्याद थप गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : 19 April, 2018

प्रतिक्रिया दिनुहोस्