सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी नवमी मनाउने तयारी
धनुषा । बैशाख –६, जनकपुरमा रामयणकालिन आदर्शनारी सीताको जन्म भएको संस्मरण जानकी नवमी धुमधाम मनाउने तयारी गरिएको छ । देवी सिताको जन्म दिन पारेर १४ दिने महोत्सवको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने कार्यक्रम रहेको जानकारी छ ।
जानकी नवमीको अवसर अतिथिलाई स्वागत ,विभिन्न किसिमका कार्यक्रम झाक्री,बधाइ,दूधमती नदीमा शाही स्नान,लगाएतका पर्दशन तय गरिएको छ । जनकपुर जानकी सिताको जन्म भएको कारण जानकी नवमी’ धुमधामका साथ मनाउने भएको हो ।
जानकी नवमीको मुख्य दिन अतिथिका रूपमा राष्ट्रपतिलाई निमन्त्रणा गरेको महन्थ दासले बताए ।
यस कार्यक्रमा नेपाल र भारतका धेरै पर्यटक सहभागी हुने भएका छन । नेपालमा सिताको जन्म भएको अवसरलाई प्राथमिकता दिएर पर्यटन भित्र्याउन यो कार्यक्रम तयार गरेको दासले जानकारी दिए ।
यस यस महोत्सवलाई सफल बनाउन जनकपुर विभिन्न सरसफाई गर्ने विद्युत् प्राधिकरणले उत्सव अवधिमा विद्युत्भार कटौती नहुने गरी व्यवस्था तथा जिल्ला त्यहाको समितिले जानकी मन्दिर क्षेत्र सजाउने, खानेपानी अस्थायी खानेपानीको व्यवस्था मिलाउने र हुलाकी सडक कार्यालयले जनकपुर–भिठामोड तथा नगरपालिकाले नगरभित्रको सडक व्यवस्थित गर्ने लगायत जिम्मेवारीसमेत तोकिएको उनले बताए ।