अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सुचारु

काठमाण्डौँ । बैशाख– ७, बिहीबार राति त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लिएर जहाज चौरमा पुगेपछि ठप्प भएको उडान आज साढे ११ बजेदेखि सञ्चालनमा आएको छ।
मलेसियाको क्वालालाम्पुर उड्न लाग्दा मालिन्दो एयरको जहाज गएराति धावनमार्गबाट चिप्लिएर चौरमा पुगेको थियो। भासिएको विमानलाई शुक्रबार बिहान पार्किङको ठाउमा ल्याइएको थियो ।
विमानस्थल बन्द भएपछि धेरै यात्रुहरु अलपत्र परेका थिए । विमान त्यहाँ फसेपछि आउने तथा जाने गरी झण्डै साढे तीन सयवटा अन्तर्राष्ट्रिय विमानका उडानहरू प्रभावित भएका थिए।