केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यौन व्यवसायमा संलग्न ३४ जना पक्राउ

सहयात्रा टिभी

काठडमाण्डौं । वैशाख –९ गोंगबु क्षेत्र आसपासबाट यौन व्यवसायमा संलग्न ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय प्रहरी प्रभागले शनिबार राति दीपज्योति, मित्रनगर वरपरका क्षेत्रमा छापा मार्दा खाजानास्ता घरको रुपमा सञ्चालन गरिएका व्यवसायबाट यौनधन्दा सञ्चालन गर्ने ३४ जनालाई पहरीले नियन्त्रणमा लिएको हो ।

 

पक्राउ पर्नेहरुमा १५ महिला र १९ पुरुष रहेका छन् । पक्राउ पर्नेहरुको अनुसन्धान भइरहेको र ती मध्ये केहिलाई मुद्दा चलाउने तयारी भइरहेको प्रहरी प्रभागका प्रमुख प्रताव पैडेलले जानकारी दिए । वैशाख महिना नयाँ बसपार्क क्षेत्रलाई यौन दुव्र्यसन र लागुपदार्थ नियन्त्रण क्षेत्र बनाउने योजना अनुरुप उक्त अप्रेसन गरिएको पैडेलले बताए ।

प्रकाशित : 22 April, 2018

प्रतिक्रिया दिनुहोस्