बेलायती विलियम र उनकी पत्नी क्याथेरिनको तेस्रो सन्तान

सहयात्रा टिभी

बैशाख–११,बेलायती राजकुमार विलियम र उनकी पत्नी क्याथेरिन तेस्रो सन्तानको अभिभावक बनेका छन् । राजकुमारी केटले सोमबार लण्डनस्थित सेन्ट मेरी अस्पतालमा तेस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी थिइन् ।

उनी बेलायती राजपरिवारमा उत्तराधिकारीको सूचीमा पाचौँ नम्बरमा परेका छन्। व्रिटेनको केन्सिङटन प्यालेसले आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको र परिवारका सदस्यहरु खुसी रहेको जानकारी दिएको छ । 

यस अघि उनीहरुको एक छोरा एक छोरी रहेका छन । बेलायती महारानी एलिजावेथले उपचार तथा रेखदेखमा खटिने अस्पतालका सबै कर्मचारी तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएको किंग्सटन प्यालेसद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रधानमन्त्री टेरिजा मेले ट्वीट गरेर राजकुमार विलियम्स र राजकुमारी क्याथरिनलाई बधाइ दिएका छन् । किंग्सटन प्यालेसका अनुसार नयां शिशुको नामकरण गरेको छैन । उनिहरु आफ्नो नयाँ सन्तानसहित निवासमा फर्किएका छन् ।

प्रकाशित : 24 April, 2018

प्रतिक्रिया दिनुहोस्