केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बस र ट्रक ठोकिदाँ १ को मृत्यु, २३ घाइते

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–११, चितवनको स्याउली बजारमा आज विहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रक र इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १५२१ नम्वरको बस एक आपसमा ठोकिँदा उक्त दुर्घटना भएको हो ।

बसले अगाडिको गाडीलाई उछिन्न खोज्दा उक्त घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बसका सहचालक चन्द्रबहादुर तिमल्सिना रहेका छन् ।

घाइते मध्ये ५ जनाको चितवन मेडिकल कलेज र अन्यको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : 24 April, 2018

प्रतिक्रिया दिनुहोस्