निरुता अनमोलको हिरोईन भन्ने रहर

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–११, अभिनेत्री निरुता सिंह अनमोलकी हिरोइन भएर फिल्म खेल्ने इच्छा गरिकी छिन ।

अनमोलकी हिरोइन भएर फिल्म खेल्ने तर, जोडी सुहाउँदैन कि भन्ने डर उनले मानिकी छिन।जतिबेला निरुता नेपाली चलचित्रमा जमेकी थिइन् अनमोल केसी सानै थिए ।अहिले अनमोल के.सि सुपरस्टार भएको सुन्दा उनि ज्यादै खुसि भएकी छिन । यतिबेला निरुता नेपालमा आएकी छिन । उनी पाँच वर्षको अन्तरालमा नेपाल आइकी हुन । अनमोल फिल्मी कार्यक्रमहरुमा उतिसारो पुग्दैनन् ।

त्यसैले त्यहाँ उनीहरुको भेट हुन नसक्ने बताइन। भुवन केसीसँग घनिष्ठ सम्वन्धका कारण अनमोललाई उनले निकै प्यारो मान्थिन । उनको नेपाल बसाई धेरै लामो छैन । उनि छिटै फर्कने क्रममा छिन ।

प्रकाशित : 24 April, 2018

प्रतिक्रिया दिनुहोस्