मन्त्रिपरिषद्को बैठक सरकारी निवास बालुवाटारमा
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रीपरिषद बैठकले डा. कँडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर गुरुङ, इ सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारलाई जानकारी दिए।
सरकारले सार्वजनिक हितको लागि हडताल निषेध हुन गरि राजपत्रमा सुचना प्रकाशित गर्ने निर्णय सरकारका प्रवक्ता बास्कोटाले बताए । सरकारले वेपत्ता व्यक्ति छानवीन गर्न बनेको अध्यादेश, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धि ऐन र राष्ट्रिय सभा निर्वाचन व्यवस्था गर्न बनेको अध्यादेश स्विकृतिका लागि राष्ट्रपति समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
तिलगंगा आँखा अस्पतालबाट हुँदै आएको आँखाको लेन्स उत्पादन कार्यका लागि सरकारले रु १० करोड अनुदान दिने निर्णय गरेको गरेको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए।सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।