केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टाटा सुमो मोटरसाईकलसंग ठक्कर हुदा एकको मुत्यृ

सहयात्रा टिभी

बारा । बैशाख–टाटा सुमो मोटरसाईकलसंग ठक्कर हुदां एक जनाको मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको ठक्करबाट आज एक जनाको मृत्यु भएको हो । 

टाटासुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको इलाका प्रहरी जनाएको छ। डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना१ज ७४९७ नम्बरको सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ना१८प ८१०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए ।

उपचारको लागि वीरगन्जस्थित हेल्थ केयर लगिएपनि उनको उपाचार हृन नसकेपछि उनलाई काठमाण्डौँ लाने क्रममा बाटोमै मुत्यृ भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 24 April, 2018

प्रतिक्रिया दिनुहोस्