अमेरिकाबाट नेपालीलाई फिर्ता पठाउने तयारी

सहयात्रा टिभी

बैशाख–१२, अमेरिका पुगेको ९ हजार नेपाली नेपाल फर्काउने तयारी गरेको छ । त्यहाँको प्रशासनले नेपालीलाई नेपाल फिर्ता पठाउने तयारी गरेको हो ।

उनीहरुलाई अस्थायी रुपमा बस्न दिइएको अनुमति रद्द गरी स्वदेश फर्काउने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीलाई अमेरिकामा अस्थायी रुपमा बस्दै आएका आप्रवासीहरुका बारेमा नयाँ नीति तर्जुमा गर्दै आप्रवासीहरुको संख्या कटौती गर्न लागेका हुन् ।

त्यहा रहेका नेपालीलाई एक बर्ष भित्रमा फर्किनु वासिंटन पोस्टले सम्बन्धित अधिकारीलाई उद्धृत गर्दै जनाए । सन् २०१९ जुन २४ सम्ममा पनि स्वदेश नफर्किएमा प्रशासनले कारवाही गरी फर्काइदिनेछ ।

प्रकाशित : 25 April, 2018

प्रतिक्रिया दिनुहोस्