केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रहरी वृत्त घेराउ : नगरपालिका प्रमुखमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

सहयात्रा टिभी

भक्तपुर । बैशाख–१२, भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका प्रमुख माथि गत शनिबार भएको आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै आज महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ ।

आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा पनि प्रहरीले आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले आज महानगरीय वृत घेराउ गरेका हुन् ।

सयौंको संख्यामा रहेको विरोध र्याली मध्यपुरथिमिको बालकुमारीबाट शुरु भइ शंखधर चोक, नेपाल–कोरियामैत्री अस्पताल मार्ग, बाहाखा बजार हुँदै प्रहरी वृत्त पुगेको थियो ।

उक्त ¥याली आज नै जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पनि ज्ञापनपत्र बुझाउँदै आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ ।

प्रकाशित : 25 April, 2018

प्रतिक्रिया दिनुहोस्