नेपाल सेमिफाइनलमा तुर्कमिनेस्तानसँग पराजित

एजेन्सी । बैशाख–१२, चौथो एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा पुगेर तुर्कमिनेस्तानसँग पराजित भएको छ।
बंगलादेशमा बुधबार भएको खेलमा नेपाल तुर्कमिनेस्तानसँग सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट १४–२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा सुधारिएको प्रदर्शन गरेपनि १८–२५, १९–२५ ले पछि पर्यो।
अब नेपालले कास्य पदकका लागि दोस्रो सेमिफाइनलमा पराजित हुने टिमसँग आगामी शुक्रवार खेल्नेछ भने फाइनल पुगेको तुर्कमिनेस्तानले उपाधिका लागि आयोजक बंगलादेश र कीर्गिस्तानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।