युगन्डामा मृत्यु भएका बुढाथोकी परिवारलाई २३ लाख क्षतिपूर्ति

सहयात्रा टिभी

एजेन्सी । बैशाख–१३, गत वर्ष मृत्यु भएका पोष्टबहादुर बुढाथोकीको परिवारले २३ लाख क्षतीपूर्ती पाएका छन् ।

बुढाथोकी कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट क्षतिपूर्ति र बीमाबापत नेपाली २३ लाख रुपैयाँ नेपाल पठाइएको हो ।

मृतक बुढाथोकीको आमा इन्द्रमाया बुढाथोकीको खातामा ५४५० अमेरिकन डलर र छोरी अञ्जली बुढाथोकीको नाममा १६९५० अमेरिकन डलर बैंकमार्फत पठाइएको एनआरएनए, युगान्डाका अध्यक्ष राजमणि भण्डारीले जानकारी दिए ।

प्रकाशित : 26 April, 2018

प्रतिक्रिया दिनुहोस्