केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन आयुक्त यादवको घरमा बम विष्फोट गराउने ४ जना पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–१३, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विष्फोट गराएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

बैशाख ९ गते यादवको घरमा बम विष्फोट भएको थियो साथै यादवको घर आसपासमा भेटिएको अर्को शंकास्पद वस्तुलाई प्रहरीले निष्क्रिय पारेको थियो ।

प्रहरीले ललितपुरका मोहन प्रसाद शिवाकोटी, काठमाडौंका युवराज पराजुली, ढक बहादुर श्रेष्ठ र भिमसेन घिमिरेलाई उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुशन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

प्रकाशित : 26 April, 2018

प्रतिक्रिया दिनुहोस्