भारतीय नम्बर प्लेटको ग्यास बुलेट त्रिशुलीमा खस्यो, चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । १४ वैशाख, काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङ मलेखुमा रहेको फुर्केखोला नजिकैबाट त्रिशुली नदीमा खसेको छ । बिहान साढे ६ बजेतिर भारतीय नम्बर प्लेटको ग्यास बुलेट त्रिशुलीमा खस्दा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भारतीय नागरिक ३६ वर्षका सुरेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार एचआर ५५ क्यू ८६३० नम्बरको बुलेट सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।