केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रातिको समयमा क्रसर उद्योग सञ्चालन गर्न नपाइने

सहयात्रा टिभी

दाङ । बैशाख–१४, तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म क्रसर उद्योग सञ्चालन गर्न नपाइने भएको छ ।

उपमहानगरपालिकाको २८ औँ कार्यपालिकाको बैठकले रातिको समयमा क्रसर सञ्चालन गर्न नपाउने व्यवस्था गरेको हो ।

यसैगरी कार्यपालिका बैठकले प्राकृतिक स्रोत, साधन, ढुंगा, गिट्टी, बालुवा जस्ता नदीजन्य खनिज पदार्थ बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र तोकिएका स्थानबाट उत्खनन गर्न पाइने निर्णय गरेको छ।

रातिको समयमा क्रसर उद्योग सञ्चालन गर्दा वरपरका बस्तिहरुमा असर पर्ने भएकाले उक्त निर्णय गरिएको प्रवक्ता श्याम डाँगीले जानकारी दिए। साथै उक्त निर्णय कार्यान्वयनका निम्ति चाडैं अनुगमन गरिने प्रवक्ता डाँगीले बताए ।

प्रकाशित : 27 April, 2018

प्रतिक्रिया दिनुहोस्