केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रयाक्टरमा दुर्घटना हुँदा चार जना घाईते, एकको मृत्यु

सहयात्रा टिभी


डडेल्धुरा । बैशाख–१४,डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुदां एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन । शुक्रबार बिहान १० बजे परशुराम नगरपालिका वडा नं ८ मा से १ त ५३३८ नम्बरको ट्रयाक्टर देवरीतर्फ ढुंगा लोड गरेर जाँदै गरेको ट्रयाक्टर वडा नं ९ स्थित खानीडाँडा बजारमा दुर्घटना हुँदा ५५ वर्षीय नन्द सिंह ठगुन्नाको मृत्यु भएको इलाका प्रहरी कार्यलय जोगबुडाले जनाएको छ ।

दुर्घटनामा चालक लाल धामी, नवीन बोहरा, पुस्कर बोहरा, र यज्ञ बोहरा घाइते भएको प्रहरी निरीक्षक शैलेन्द्रकुमार भट्टले जनाएका छन । घाइतेको जोगबुडा अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये पुस्कर बोहरालाई जोगबुडा अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज ल्याईएको छ ।

प्रकाशित : 27 April, 2018

प्रतिक्रिया दिनुहोस्