एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाल चौथो स्थानमा
सहयात्रा टिभी
एजेन्सी । बैशाख–१४, एसियन भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगीतामा नेपाल चौथो स्थानमा सिमित भएको छ ।
बंगलादेशमा आज तेस्रो स्थानका लागी भएको खेलमा नेपाल साविक विजेता किर्गिस्तानसँग पराजित भइ चौथो स्थानमा सिमित भएको हो ।
नेपालले अघिल्लो खेलभन्दा केही सुधारिएको प्रदर्शन गरेता पनि किर्गिस्तानसँग २५–२०, २५–२२, २५–२० को सेटमा पराजित भई चौथो बन्यो ।
बंगलादेशसँगको उद्घाटन खेल गुमाएपछि खेलाडीको मनोबल फर्कन नसक्दा सोचेको जस्तो प्रदर्शन दिन नसकेको नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले बताए ।
माल्दिभ्समा भएको प्रतियोगिताबाट जितेको कास्य पदक नेपाली पुरुष भलिवलले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट जितेको अहिले सम्मको पहिलो र एक मात्र पदक बनेको छ।