केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुजारीले नै भत्काए छाउगोठ

सहयात्रा टिभी

बाजुरा । बैशाख–१६, बाजुरामा दह घटाल देवताका पुजारी रामबहादुर खड्काले छाउगोठ भत्काएका छन् ।

बाजुराको बडिमालिका नगरपालिका–३ पीपल गाउँमा वडा कार्यालय र संघसंस्थाले दबाब दिएकाले छाउ कुप्रथाविरुद्धको अभियानमा साथ दिन पुजारी खड्काले छाउगोठ भत्काएका हुन् ।

छाउगोठ भत्काएपछि छोरी, बुहारी र श्रीमती छाउ भएको बेला घरमा नै बस्न थालेको पुजारी खड्काले बताए । पुजारी स्वयंले गोठ भत्काएर घरमा बसाउन तयार भएपछि स्थानीयवासी पनि त्यसै गर्न मञ्जुर भएका छन् ।

सफा सुग्धर भएमा केही हुँदैन भन्ने थाहा पाएपछि वडा कार्यालय, निगरानी समूह, महिला समूहसहित सबैले गोठ भत्काउन संयुक्त आन्दोलन गर्ने बताएपछि वडाका सबै छाउगोठ भत्काइएको वडा सदस्य विमला खड्काको भनाइ छ ।

प्रकाशित : 29 April, 2018

प्रतिक्रिया दिनुहोस्