केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले हायात होटलका पदाधिकारीलाई कारवाही गर्न निर्देशन

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१७, हायात होटलका पदाधिकारीलाई समितिको क्षेत्राधिकारमा रहेको ३०४ रोपनी जग्गा र घरमध्ये १५० रोपनी जग्गा रु दुई करोड बराबरको घरमा गरिएको शेयर लगानीको कुनै हिसाब किताब नभएको कारण महालेखाले कारवाही का लागि सरकारलाई सिफारिस गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले नीतिगत एवं आर्थिक विषयमा अनियमितता गरेको भन्दै तारागाउँ विकास समितिका पदाधिकारीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

होटल सञ्चालकको शुरुवाती चरणमा १५० रोपनी जग्गाको मूल्यांकन गरी रु १५ करोड लगानी गरिएको भए पनि हालसम्म प्रतिफल प्राप्त हुन सकेको छैन । होटल व्यवस्थापनले शुरुमा रु २५ करोड लगानी गरेको थियो ।

हाल सो होटलको अध्यक्षमा भारतीय नागरिक राधेश्याम सर्राफ, अरुण सर्राफ प्रबन्ध निर्देशक, दिनेशलाल श्रेष्ठ र सुरेशलाल श्रेष्ठलगायतले व्यवस्थापन गर्दै आएका छन् ।

तारा गाउँ विकास समितिका अध्यक्ष नारदकुमार लुइँटेलले महालेखाले औँल्याएको कमजोरी यथार्थसँग नजिक रहेको उल्लेख गर्दै थप अनुसन्धान हुनुपर्ने बताएका छन । उनले यो होटेलमा जति आम्दानी भए पनि खर्च बढी भएको देखाएको छ भने विगत १० वर्षदेखि होटल नाफामा रहेको आफूलाई थाहा भए पनि होटल व्यवस्थापनले सधैँ घाटा देखाएको अध्यक्ष लुइँटेलको भनाइ छ।

प्रकाशित : 30 April, 2018

प्रतिक्रिया दिनुहोस्