रानीपोखरीमा कङ्क्रिट हटाउन १६ लाख लाग्ने

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१८,रानीपोखरी पुन.निर्माण क्रममा हाल सम्म प्रयोग भएको सबै आधुनिक सामग्रीको लागि कङ्क्रिट हटाउन १६ लाख लाग्ने भएको छ ।

परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाउनुपर्ने भएको काठमाडौँ महानगरपालिका सुचना अधिकारी वसन्त आचार्यले बताएका छन ।

अहिले पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण विभागले गरिरहेको छ भने पोखरीको छेउछाउमा निर्माण गरिएको पर्खाल कामपाले गरेको थियो । हालसम्मको पुनःनिर्माणका क्रममा दुई करोड ३० लाख रुपैयाँ खर्च भएको छ ।

भुकम्पका कारण पुर्ण रूपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि ११ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान भए पनि करिब सात करोड रुपैयाँमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाको लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिए। विसं २०७३ वैशाख १० गते देखि वल्र्डवाइड कँडेल केएन केजी जेभीले पुनःनिर्माण शुरु गरेको थियो ।

प्रकाशित : 1 May, 2018

प्रतिक्रिया दिनुहोस्