केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारी पदाधिकारीलार्इ विदेश भ्रमणमा जान रोक

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१८, सरकारले सरकारी पदाधिकारी र कर्मचारीको विदेश भ्रमण गर्नलाई रोक लगाएको छ । वैदेशिक भ्रमण      व्यवस्थापन निर्देशिका नै जारी गरेर सरकारले मन्त्री, सचिवदेखि सार्वजनिक पद धारण गरेकाहरुको विदेश भ्रमणमा मापदण्ड निर्माण     गरिएको हो । निर्देशिकाले पटक पटक व्यक्ति विदेश जाने परम्परालाई रोक्न व्यावस्था गरेको छ ।

अवसर नपाएकाहरुलाई समावेशिका आधारमा हुनुपर्ने दुर्गम क्षेत्र, स्थानीय तह र प्रदेशका सरकारी कर्मचारीलाई प्राथमिकता दिने निर्देशिकामा उल्लेख गरिएको छ।

वैदेशिक भ्रमण गर्ने सरकारी पदाधिकारी वा भ्रमण टोलीले भ्रमण सम्पन्न भएको मितिले १५ दिनभित्र भ्रमणको उपलब्धी, भ्रमणबाट प्राप्त सिकाइ उपयोग गर्ने कार्ययोजना खुलाई प्रतिवेदन पेश गर्नुपर्ने निर्देशिकामा रहेको छ ।

कुटनीतिक वा विशेष राहदानी प्राप्त सरकारी पदाधिकारीले सरकारी कामको शिलशिलामा गरिने वैदेशिक भ्रमणमा मात्रै त्यस्तो राहदानी प्रयोग गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

प्रकाशित : 1 May, 2018

प्रतिक्रिया दिनुहोस्