श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
सहयात्रा टिभी
सिरहा । बैशाख– १९, श्रीमानको कुटपिटबाट मंगलबार राती श्रीमतीको मृत्यु भएको छ ।
सिरहाको गोलबजार नगरपालिकामा श्रीमानले पिटेपछि घाइते भएकी श्रीमतीको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्।
यसअघि पनि उनलाई पटक पटक पिटने, यातना दिने गरेको मृतक प्रभादेवीका दाजु रामसागर शर्माले जानकारी दिए। मृतकका श्रीमान् कृष्णलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।